
काठमाडौं, माघ १८ :
हमासले आफ्नो कब्जामा रहेका केही बन्धकहरुलाई बिहीबार रिहा गर्दैछ । हमासले पटक-पटक गरी बन्दी रिहा गर्दै आएको छ । तेस्रो चरणको छुट्ने बन्धकहरूको नाममा नेपाली नागरिक विपिन जोशी भने परेका छैनन् ।
यद्यपि उनी जीवित छन् भन्ने पुष्टि भएको छ । रिहा हुनेको सूचीमा एक नेपाली पनि उल्लेख गरिएकाले उनी जीवित रहेको प्रमाणित भएको छ।विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ हमासले आफ्नो नियन्त्रणमा रहेका मध्ये १ नेपाली पनि रहेको जनाएको हो ।
सन् २०२२ को अक्टोबर ७ मा विपिन जोशीलाई हमासले इजरेली सहर किबुत्ज अलुमिमबाट अपहरण गरेको थियो। आक्रमणका क्रममा गाजा नजिकैकोबाट उनलाई नियन्त्रणमा लिएको थियो ।गाजामा अझै १० बन्दक रहेका छन् । जसमा ८ जना थाई , १ नेपाली र १तान्जानियाली जीवित रहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।