बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार भिडियो

टुँडिखेलमा सोनाम ल्होसारको रौनक (भिडियो/तस्बिरसहित)

दिलमन्यु सिल्वाल · बिहीबार, १८ माघ, २०८१ मा प्रकाशित
टुँडिखेलमा सोनाम ल्होसारको रौनक (भिडियो/तस्बिरसहित)
काठमाडौं, माघ १८ :

तामाङ समुदायले बिहीबार देशभर विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाएका छन् । सोनाम ल्होसारको अवसरमा काठमाडौँको टुँडिखेलमा बृहत् कार्यक्रम गरिएको थियो । 

कार्यकम अघि उनीहरुले तामाङहरूको जातीय वेशभूषा, बाजागाजा र झाँकीसहित टुँडिखेल परिक्रममा गरेका थिए । टुँडिखेल, बौद्ध, स्वयम्भूलगायत तामाङ जातिको बाहुल्य रहेको क्षेत्रमा विविध कार्यक्रम गरिएको छ ।

विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ जातिको मुख्य चाडका रूपमा रहेको सोनाम ल्होसार किसानहरूले बालीनाली भित्र्याइसकेपछि मनाउने गरिन्छ ।

‘ल्हो’अर्थात् वर्ष १२ वटा भएको विश्वास गर्छन् । १२ वर्षको नाम पशुपक्षी र जीवजन्तुका नामबाट राखिएको हुन्छन् । जसमा मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष पर्छन् । 

यी १२ वर्गलाई यो समुदायले १२ राशिका रूपमा पनि लिने चलन छ । १२ वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ । सोनाम ल्होसारको अवसरमा संघीय सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

हेरौं थप तस्बिरहरु :

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार