
सामसङ नेपालले नयाँ ग्यालेक्सी एस-२५ अल्ट्रा, ग्यालेक्सी एस-२५ प्लस र ग्यालेक्सी एस-२५ स्मार्टफोनहरूको प्रि-अर्डरको घोषणा गरेको छ ।
काठमाडौंमा बिहीबार आयोजना गरिएको प्रेसमिटमा सामसङले आफ्नो अहिलेसम्मकै सबैभन्दा न्याचुरल र सन्दर्भ-सचेत मोबाइल अनुभवहरू दिने एक ट्रु एआई कम्प्यानीयन भएको यी स्मार्टफोनहरू प्रस्तुत गरेको छ ।
समारोहमा सामसङ नेपालका निर्देशक प्रणयरत्न श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१६ अश्मी श्रेष्ठले ग्यालेक्सी एस-२५ सिरिजको अनावरण गरेका थिए । ‘सामसङले गत वर्ष ग्यालेक्सी एआईको साथ मोबाइल एआई युगको सुरुवात गरेको थियो । अब हामी ग्यालेक्सी एस-२५ सिरिजको साथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेका छौं,’ सामसङ नेपालका निर्देशक प्रणयरत्नले भने ।
ग्यालेक्सी एस-२५ सिरिज सामसङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम हो जसले एआई एजेन्ट र मल्टिमोडल क्षमताहरूलाई प्रयोगकर्ताको अन्तर्क्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईका लागि उच्चतम प्रोसेसिङ पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्दछ ।
ग्यालेक्सी एस-२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको सामसङको एआई-फर्स्ट प्लेटफर्म वन यूआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज हो ।
ग्यालेक्सी एस२५ सिरिजले सञ्चार, उत्पादकता र सिर्जनात्मकताका लागि लोकप्रिय एआई उपकरणहरूमा सुधार ल्याएको छ । गुगलको सर्कल टु सर्चले अब स्क्रिनमा देखिएका फोन नम्बर, इमेल र यूआरएल सजिलै चिन्छ । कल ट्रान्सस्क्रिप्ट र समरीले तपाईंको कलहरूलाई व्यवस्थित गर्छ । राइटिङ असिस्टले कन्टेन्टलाई समराइज गर्न वा नोटहरूको स्वतः स्वरूप फर्म्याट गर्न सहयोग गर्छ । ड्रइङ असिस्टले स्केच, टेक्स्ट वा इमेज प्रम्प्तहरूको संयोजनमार्फत नयाँ रचनात्मक सम्भावनाहरू अन्वेषण गर्न सहज बनाउँछ ।
शक्तिशाली ग्यालेक्सी
ग्यालेक्सी एस-२५ सिरिजमा ग्यालेक्सीको लागि बनिएको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ । जुन ग्यालेक्सी एस सिरिजकै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रोसेसर हो । यसले अघिल्लो पुस्ताको तुलनामा एनपीयूमा ४० प्रतिशत, सीपीयूमा ३७ प्रतिशत र जीपीयूमा ३० प्रतिशत प्रदर्शन सुधार प्रदान गर्छ ।
क्रिएटिभिटीलाई नयाँ आयाम
ग्यालेक्सी एस२५ सिरिजले उच्च रिजोलुसन सेन्सर र प्रोभिजुअल इन्जिनमार्फत कुनै पनि एंगलबाट विस्तृत र जीवन्त तस्बिर खिच्न क्षमता दिँदै मोबाइल फोटोग्राफीमा एक नयाँ स्ट्यान्डर्ड स्थापित गरेको छ । ५० एमपी अल्ट्रावाइड क्यामेरा (अघिल्लो १२ एमपीबाट अपग्रेडेड) भएको ग्यालेक्सी एस २५ अल्ट्राले प्रत्येक दृश्यलाई थप प्रस्ट र रंगिन बनाउँछ । साथै, डिफल्टमा उपलब्ध १०-बिट एचडीआर रेकर्डिङले चार गुणा बढी रङ संरचना प्रस्तुत गर्छ । यो सिरिजले उज्यालो वा अँध्यारो जुनसुकै अवस्थामा पनि उत्कृष्ट भिडियो खिच्न सक्छ ।
भिडियो बनाउँदा आउने अनावश्यक आवाज हटाउन ग्यालेक्सी एस-२५ सिरिजमा अडियो इरेसरजस्तो सुविधा उपलब्ध छ ।
मोबाइलमै डीएसएलआर-जस्तो अनुभव दिन भर्चुअल अपेरेचरको प्रयोग गरेर गहिराइ नियन्त्रण गर्न सकिन्छ, जुन एक्स्पर्ट रअमा समाहित छ । ग्यालेक्सी लगले रङ संयोजनलाई अझ सटिक बनाउँदै प्रोफेसनल भिडियो बनाउन सहयोग पुर्याउँछ ।
मजबुत र टिकाउ डिजाइन
ग्यालेक्सी एस-२५ अल्ट्रा अहिलेसम्मकै सबभन्दा पातलो, हलुका र बलियो ग्यालेक्सी एस सिरिजको स्मार्टफोन हो । यसमा टिकाउ टाइटेनियम र नयाँ कोर्निङ गोरिल्ला अर्मर २ समावेश गरिएको छ । ग्यालेक्सी एस-२५ प्लस र एस-२५ का प्रत्येक बाह्य भागमा कम्तीमा एउटा पुनः प्रयोग गरिएको सामग्री समाहित गरिएको छ । पहिलोपटक मेटल फ्रेममा पुनः प्रयोग गरिएको आर्मर एल्युमिनियम प्रयोग गरिएको छ ।
सात जेनेरेसनको ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटसहित, ग्यालेक्सी एस-२५ सिरिजले लामो समयसम्म भरपर्दो र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ ।
प्रि-अर्डर अफर
ग्यालेक्सी एस-२५ सिरिजको प्रि-अर्डर अफर १७ माघदेखि सुरु भएको छ । १ फागुन २०८१ सम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ । प्रि-अर्डर गर्ने ग्राहकले ग्यालेक्सी एस २५ अल्ट्रा खरिद गर्दा १२/२५६ जीबीबाट १२/५१२ जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स-३ प्रो, जसको मूल्य ३१ हजार ९९९ रुपैयाँ रहेको छ । यसलाई मात्र १४ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । साथै, तीन हजार ३९९ मूल्य रहेको सिलिकन कभर पनि १५ सय रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।
ग्यालेक्सी एस-२५प्लस र ग्यालेक्सी एस-२५ बेस प्रि-अर्डर गर्दा ग्राहकले ३१ हजार ९९९ रुपैयाँ मूल्य रहेको ग्यालेक्सी बड्स-३ प्रो १४ हजार ९९९ रुपैयाँमा र तीन हजार ३९९ रुपैयाँ मूल्य रहेको सिलिकन कभर पनि १५ सय रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।
मूल्य र उपलब्धता
सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एकपटकको १ वर्षको ब्रेकेज इन्स्योरेन्स उपलब्ध गराएको छ । यसैगरी, ग्यालेक्सी एस-२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकले सबकोफोन र आर्कोस्टोरमार्फत आफ्नो पुरानो फोन एक्सचेन्ज गर्न सक्नेछन् ।
देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालन गरिएको सामसङ इनस्टा फाइनान्स सेवामार्फत ग्राहकले रु ५२५०/महिनादेखि सुरु हुने शून्य प्रतिशत ब्याजदरमा सरल ईएमआईमा नयाँ फोन प्राप्त गर्न सक्नेछन् ।
यो प्रक्रिया झन्झटरहित छ र यो सेवा प्राप्त गर्न प्रमाणपत्रको रूपमा ग्राहकको नागरिकताको मात्र आवश्यकता पर्नेछ ।