काठमाडौं, माघ १८ :

विभिन्न माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। प्रधानमन्त्री केपी ओलीसँगको भेटेपछि महासंघले कार्यक्रम फिर्ता लिएको हो ।

महासंघले भुक्तानी दिनुपर्ने, मूल्यवृद्धि फिर्ता गर्नुपर्ने तथा विभिन्न सार्वजनिक खरिद कानुनमा रहेका अवरोध हटाउन माग गर्दै आएको छ ।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको समस्या समाधानमा कार्यदल गठन गर्न सरोकारवालालाई निर्देशन दिएपछि महासंघले शुक्रबारदेखि राजधानीमा गर्ने भनेको धर्नासहित कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।

महासंघले गत पुस २७ मा राष्ट्रिय भेला आयोजना गरी चरणबद्ध आन्दोलन घोषणा गरेको थियो ।