बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

शान्ति समाजको सभापतिमा रेनुका पौडेल निर्वाचित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ माघ, २०८१ मा प्रकाशित
शान्ति समाजको सभापतिमा रेनुका पौडेल निर्वाचित
काठमाडौं, माघ १९ :

मानवअधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा अधिवक्ता रेनुका पौडेल (काठमाडौं) निर्वाचित भएकी छन् ।

२०८१ माघ १७ गते गैंडाकोटमा सम्पन्न समाजको २७औं राष्ट्रिय परिषद् बैठकका दौरान सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा वरिष्ठ उपसभापतिमा राजेन्द्र पौडेल चितवन, उपसभापतिमा अधिवक्ता लक्ष्मीनारायण मिश्र तेह्रथुम, उपसभापति (महिला) मा अधिवक्ता धन थापा मोरङ, महासचिवमा प्रकाश शाही सुर्खेत र कोषाध्यक्षमा चन्द्रमणि बन्जारा ललितपुर निर्वाचित भएका छन् ।

यसैगरी सचिव कोशी प्रदेशमा सन्तोष रौनियार सुनसरी, सचिव मधेस प्रदेशमा प्रेमचन्द्र पटेल पर्सा, सचिव वाग्मती प्रदेशमा दिवाकर पुडासैनी काठमाडौं, सचिव गण्डकी प्रदेशमा तीर्थराज न्यौपाने कास्की, सचिव लुम्बिनी प्रदेशमा धनपति (डीपी) खनाल रुपन्देही, सचिव कर्णाली प्रदेशमा दिल्लीप्रसाद जैशी सल्यान, सचिव सुदूरपश्चिम प्रदेशमा भक्तबहादुर विश्वकर्मा कैलाली, सचिव (आदिवासी जनजाति) मा डोरविक्रम श्रीष गुल्मी, सचिव (महिला) मा रेनुका देवकोटा पाल्पा, सचिव (दलित)मा तुलसीराम सुनार दाङ, सचिव (मधेसी) मा ज्योति वाल्मीकि बाँके, निर्वाचित भएका हुन् ।

यसैगरी १० सदस्रुमा उमा गोतामे काठमाडौं, सुशीला रिजाल झापा, कौशल्या खनाल संखुवासभा, नीरमाया मिजार म्यग्दी, अरुण ज्ञवाली पाल्पा, भानुभक्त रिमाल नवलपुर, निर्मला गौतम दाङ, सीताराम कोइराला सुनसरी, शम्भु राउत चितवन, लालहरि पाण्डे रुपन्देही निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी/सदस्यहरुलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्कीले समापन समारोहमा प्रमाणपत्र प्रदान गरेको समाजकी उपनिर्देशक सरिता पौडेलले जनाइन् । अब केन्द्रीय कार्यसमितिको बैठकले शान्ति समाजको विधानअनुरुप न्यूनतम पाँचजना महिलासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने छ । स्मरणीय छ, शान्ति समाजको जिल्लादेखि केन्द्रसम्मै ४० प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार