
काठमाडौं, माघ १९ :
प्रतिनिधिसभाले नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम अनुमोदन गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको नामलाई सभाले स्वीकृत गरेको थियो ।
सभाले सांसदहरु ईश्वरीदेवी न्यौपाने, अमृतादेवी अग्रहरि, चन्दा कार्की, दुर्गा राई, बुद्धिमान तामाङ, रामकृष्ण यादव, हेमराज राईको नाम अनुमोदन गरेको हो ।