काठमाडौँ, माघ २० :

 

मेष : सानातिना कुराले मनमा खटपटी आउने छ । बढी तर्क नगर्नुहोला । पारिवारिक सम्बन्ध भने सहज रहनेछ ।

वृष : कार्यक्षेत्रमा सहयोग मिल्नेछ । आफूभन्दा ठूला व्यक्तिसँग सल्लाह लिएर गरेको काममा सफलता मिल्नेछ ।

मिथुन : सोचेका काम बन्नेछन् । गणेश भगवानको पूजा गर्नु फलदायी हुनेछ । स्वदेशमा लगानीका अवसर मिल्नेछ । 

कर्कट : आजको दिन कम बोल्नु उचित हुनेछ । परिवारको साथ सहयोग मिल्नेछ । मिठो भोजन मिल्ने योग छ । 

सिंह : स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा मिल्नेछ । सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर मिल्नेछन् । 

कन्या : आज तपाईंको दिन सामान्य रहेको छ । सन्तान सुख मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । 

तुला : बिहान उठेर सरस्वतीको वन्दना गर्नु राम्रो हुनेछ । प्रशंसा बढ्ने दिन भएकाले मन प्रफुल्लित हुनेछ ।

वृश्चिक : सानातिना कुराबाट मनमा खिन्नता बढ्नेछ। थोरै बोल्नु उचित हुनेछ। परिवारमा सबै कुरा खोल्दा धोका हुनसक्छ।

धनु : आज सम्पत्ति जम्मा गर्ने दिन छ । थोरै लगानी गरेपनि व्यापारमा फाइदा हुनेछ । आजको यात्रा सहजपूर्ण हुनेछ।

मकर : राम्रा काम गर्ने मौका मिल्नेछ । परिवारमा भने तपाईंको साथ सहयोग मिल्नेछ । घुमघामको योजना बन्ने छ ।

कुम्भ :  मना प्रसन्न हुनेछ । नयाँ वस्त्र किन्ने दिन रहेको छ । बिहान पिपलमा पानी चढाउनुहोला

मीन : स्वास्थ्यले साथ दिने छ । परिवारको सहयोग मिल्नेछ । गणेश भगवानको सम्झना गरे दिन सहज बन्नेछ ।