बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत अवस्थामा फेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० माघ, २०८१ मा प्रकाशित
भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत अवस्थामा फेला
धनगढी , माघ २० :

नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका सभापति कलौनी आज (शनिबार) बिहान नगरपालिका १८ को मामाभान्जा चोकनजिकै मृत भेटिएका हुन् ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको र अहिले घटनास्थल सिल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार