
धनगढी , माघ २० :
नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका सभापति कलौनी आज (शनिबार) बिहान नगरपालिका १८ को मामाभान्जा चोकनजिकै मृत भेटिएका हुन् ।
घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको र अहिले घटनास्थल सिल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।