
काठमाडौँ, माघ २० :
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज शनिबारदेखि सुरु हुँदैछ ।
बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु हुने छ ।
आइतबारसम्म चल्ने बैठकमा नतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ।