बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कर्णाली प्रदेश

ढिस्कोमा पुरिएर एकजनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० माघ, २०८१ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मक तस्बिर ।
जुम्ला, माघ २० :

जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज (शनिबार) एकजनाको मृत्यु भएको छ ।

घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका ६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए ।

चन्दननाथ ४, मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासि ढिस्को खसेपछि उनी पुरिएकी हुन् ।

विमला गाउँकै ६ जनाको समूहमा माटो ल्याउन गएकी थिइन् । उनको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । -रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार