बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार अर्थतन्त्र सेयर बजार

सेयर बजारमा उच्छल, ६९ अंकले बढ्दा झन्डै १३ अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ माघ, २०८१ मा प्रकाशित
सेयर बजारमा उच्छल, ६९ अंकले बढ्दा झन्डै १३ अर्बको कारोबार
काठमाडौं, माघ २१ :

सेयर बजारमा उच्छल आएको छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक ६९ दशमलव ८० अंकले बढेर २७ सय २७ दशमलव ५८ अंकमा पुगेको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ६४ अंकले बढेर चार सय ५८ दशमलव ३७ अंकमा चढेको छ । नेप्सेमा आज ३३० कम्पनीको एक लाख ३० हजार नौ सय १३ पटकको कारोबारमा दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर खरिद-बिक्री भए । जसको कुल कारोबार रकम १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार एक सय ३६ रुपैयाँ पुग्यो ।

नेप्सेमा आज १३ समूहहरुको सेयर कारोबार भएकामा १३ वटै समूहको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । त्यसमध्ये वाणिज्य बैंक समूहको सूचक ३३ दशमलव ७५ अंकले बढेर १३ सय ६७ दशमलव ९७ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचकमा पनि एक सय ८४ दशमलव ७५ अंकले बढेर ६ हजार ४९ दशमलव २७ अंकमा पुगेको छ ।

फाइनान्स समूहको सूचक पनि ३३ दशमलव ३९ अंकले बढेर २६ सय आठ दशमलव १५ अंकमा चढेको जलविद्युत् समूहको सूचक पनि ५३ दशमलव ६७ अंकले बढेर तीन हजार आठ सय ४९ दशमलव २३ अंकमा पुगेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक तीन सय १२ दशमलव ६५ अंकले बढेर १३ हजार एक सय ७२ दशमलव ४४ अंकमा पुगेकामा निर्जीवन बिमा समूहको सूचक पनि चार सय ७० दशमलव ४३ अंकले बढेर १३ हजार एक सय २२ दशमलव ८४ अंकमा पुगेको छ ।

यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः एक सय २४ दशमलव १५, तीन दशमलव ५२, दुई सय १८ दशमलव शून्य एक, दुई सय ४४ दशमलव ५०, शून्य दशमलव शून्य तीन, ५५ दशमलव शून्य चार र ५७ दशमलव ३७ अंकले बढेका छन् ।
 
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार