शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति गण्डकी प्रदेश

‘सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी छ, विरोध गर्नुको तुक छैन’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ माघ, २०८१ मा प्रकाशित
‘सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी छ, विरोध गर्नुको तुक छैन’
लमजुङ, माघ २१ :

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न ल्याइएको विधेयकको विरोध गर्न आवश्यक नरहेको बताए ।  प्रेस चौतारी नेपालको लमजुङ शाखाको आठौं जिल्ला अधिवेशनको आइतबार उदघाटन गर्दै  गुरुङले सामाजिक सञ्जाल तथा अनलाइन मिडियाबाट भइरहेको अराजकता रोक्न नियमन विधयेक ल्याइएको प्रस्ट्याए ।

‘प्रिन्ट मिडिया र ब्रोडकास्टिङ मिडिया आफ्नो ठाउँमा मूल्य-मान्यताअनुसार चलिरहेको छ । तर अनलाइन मिडिया त्योअनुरुप चलेको छैन । त्यसको नियमन आजको चुनौती हो,’ उनले भने, ‘नियमनका लागि सामाजिक सञ्जाल प्रयोग सञ्चालन तथा नियमन विधयेक ल्याएका हौं ।’ विधयेक ल्याएपछि नेपाल पत्रकार महासंघलगायता संस्थाले विरोध गरिरहेको छ ।

उनले सरकारले ल्याएको अध्यादेशको विषयवस्तुप्रति कसैले पनि विरोध गर्न नसकेको बताए । सरकारले संसद्‌बाट विधयेक पास गराएर अघि बढ्ने उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार