ललितपुर, माघ २१ :

‘उज्ज्वल छालाको लागि तपाईंको गन्तव्य’ भन्ने नाराका साथ ललितपुरको यूएन पार्कनजिकै सफायर एस्थेटिक सञ्चालनमा आएको छ ।

नेपालका लोकप्रिय कलाकार प्रशान्त ताम्राकार, अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीले सफायर एस्थेटिकको उद्घाटन गरेका छन् । सफायर एस्थेटिकमा छाला उपचार, लेजर उपचार, बडी कन्टोरिङ र फ्याट रिडक्सन, पीआरपी थेरापी, कस्टेमिक डर्माटोलोजी, सौन्दर्य सर्जिकल सुविधा, कस्टोमाइज्ड स्किन केयर प्लानहरु प्राप्त गर्न सकिनेछ ।

यहाँ डर्माटोलोजिस्ट एन्ड फेसियल प्लास्टिक सर्जन, इएनटी एन्ड फेसियल प्लास्टिक सर्जन, अकुलोप्लास्टी एन्ड फेसियल प्लास्टिक सर्जनलगायत दक्ष विशेषज्ञ टिमबाट सेवा प्राप्त गर्न सकिनेछ । जहाँ नयाँ टेक्नोलाजीमा आधारित अत्याधुनिक मेडिकल उपकरणहरुको व्यवस्था गरिएको छ ।

यसबाट फेसियल एनलाइसिस, बडी कम्पोजिसन एनालाइसिसको सुविधा प्राप्त गर्न सकिन्छ । क्रायोलाइपोलाइसिस (चिसोबाट सेकेर बोसो पगाल्ने), इएनटी स्लिमिङ (यसबाट बोसो पगालेर मसल्स स्ट्रेन्थिङ गर्ने), जसका लागि अब विदेश जानु नपर्ने र धेरै खर्च नहुने भएको छ । धेरै सरल र सुविधाका साथ नेपालमै सम्भव गराउन सफल भएको अकुलोप्लास्टी एन्ड फेसियल प्लास्टिक सर्जन डा. पूजा राजभण्डारीले जानकारी दिइन् ।

यसबाहेक सफायर एस्थेटिकमा फेसियल कन्टोरिङ गर्ने हाइफु प्रविधिको सुविधा छ । जसबाट ठुलो अनुहार र डबल चिउँडो, गालामा बोसो भएकाहरुको सेप निकाल्न महत्त्वपूर्ण हुनेछ । यसबाहेक कार्बनडाइअक्साइड लेजर, जसमा कार्बन फिलिङ, स्कार रिमुभर, ट्याटु हटाउने, किलोइटको उपचार, स्किनलाई अझ रिमोडल रिसर्फेस गर्न हाइड्रा फेसियललगायत नयाँ टेक्निकका धेरै प्रविधिहरु उपलब्ध छन् ।

यसले तपाईंलाई सुन्दर बनाउनुका साथै आत्मबल र आत्मविश्वास बढाउन मद्दत गर्ने छाला तथा सौन्दर्य विशेषज्ञ सेली राजभण्डारीको भनाइ छ । विगत १० वषदेखि ललितपुरको पुल्चोकस्थित नेसनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टर सञ्चालन गर्दै आएकामा यसलाई अझ विस्तारका रुपमा ठुलो र विस्तारका रुपमा अघि बढाउन आफ्नो सेवा नयाँ ठाउँमा सिफ्ट भएको अकुलोप्लास्टी एन्ड फेसियल प्लास्टिक सर्जन डा. पूजा राजभण्डारीले बताइन् ।