काठमाडौँ, माघ २२ :

प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना व्यक्त गर्दै अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् भन्दै कामना गरेका छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन् “आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ । श्रीपञ्चमी, सरस्वती पूजा- बालबालिकाको अक्षरारम्भ गर्ने दिन । बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू वसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ । ” 

उनले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्मा, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिने गरेको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको उल्लेख गरेका छन् ।