
माघ २२ :
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा जारी बैठकले सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरी पालिकामा पठाउने तयारी गरेको छ ।
उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले माघ २ गते नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेर सम्बन्धी प्रस्ताव पेस गरेपनि अध्यक्ष प्रचण्डसहित नेताहरूको कार्यव्यस्तता कारण बैठक पटक पटक स्थगित हुँदै आएको थियो ।
आजको बैठकमा ३२ वर्ष उमेर हदका कारण अवकाशप्राप्त विद्यार्थी नेताहरूलाई समेत जिम्मेवारी दिने विषयमा छलफल हुने जनाइएको छ ।