बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति बागमती प्रदेश

रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

लामिछानेविरुद्ध चितवनमा भने ठगी सम्बन्धी कसुरमा मात्र मुद्दा दायर भएको छ
· मंगलबार, २३ माघ, २०८१ मा प्रकाशित
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता
चितवन, माघ २३ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध आज जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । 

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयले उनीसहितका १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

लामिछाने, उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल जोशीसहित रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन,  लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो । जीबी राई लगायतका व्यक्ति विरुद्ध यसअघि नै मुद्दा दायर भईसकेको छ ।

लामिछानेविरुद्ध चितवनमा भने ठगी सम्बन्धी कसुरमा मात्र मुद्दा दायर भएको छ ।  चितवनमा लामिछाने आफैंले ऋण लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताइएको छ ।

कास्की,  काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो ।
साहारा सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।बचतकर्ताहरूले ३८ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए ।

यसअघि लामिछाने सहकारीको मुद्दाबाट विभिन्न जिल्ला अदालतबाट धरौटी रकम बुझाएर छुटेका छन् । उनीविरुद्ध वीगगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा पनि मुद्दा दायरको तयारी भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार