काठमाडौं, माघ २३ :

बेलायती राजकुमार दम्पती नेपाल भ्रमणमा आएका छन् । करिब एक साताको निजी भ्रमणका लागि उनीहरु मंगलबार नेपाल आएका हुन् ।

राजकुमार एडवार्ड र उनकी पत्नी एडिनबर्गकी डचेस सोफी एकैदिन नेपाल भ्रमणमा आएको भए पनि उनीहरुको आउने समय र स्थान भने छुट्टाछुट्टै थियो।

राजकुमार एडवार्ड भारत हुँदै आएका हुन् । उनी भारतको दुई दिने भ्रमणका लागि आइतबार  मुम्बई पुगेका थिए । 

राजकुमारी सोफिया भने लन्डनबाट सिधै काठमाडौं आइपुगेकी हुन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायतले स्वागत गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार राजकुमार एडवार्ड दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेललगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।