बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित #सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित
खेलकुद क्रिकेट

लगातार चौथो हारसँगै नेपाल उपाधि होडबाट बाहिरियो, थाइल्यान्डसँग ५ रनले पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ माघ, २०८१ मा प्रकाशित
लगातार चौथो हारसँगै नेपाल उपाधि होडबाट बाहिरियो, थाइल्यान्डसँग ५ रनले पराजित
तस्बिरहरु : क्यान
काठमाडौं, माघ २३ :

काठमाडौंमा जारी त्रिकोणात्मक टी-ट्वेन्टी आई महिला शृंखलाअन्तर्गत आफ्नो चौथो खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भयो ।

त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो । नेपालको लागि रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन् ।

३० बलको सामना गरेकी उनले तीन चौका र एक छक्का प्रहार गरिन् । त्यस्तै,नेपालकी ओपनर सम्झना खड्का ५ रन बनाउँदै आउट हुँदा अर्की ओपनर ममता चौधरी शून्यमै पभेलियन फर्किइन् ।

यस्तै कप्तान इन्दु बर्मा ३ रनमा आउट हुँदा उपकप्तान विन्दु रावल पनि शून्यमै पेभिलियन फर्किइन् । त्यस्तै पूजा महतो १८ रनमा आउट भइन् ।

कविता जोशी २४ रन बनाएर आउट भइन् । नेपालकी रोमा थापा र मनीषा उपाध्याय नटआउट रहे ।

थाइल्यान्डका लागि थिपाथ्पचाले सर्वाधिक चार विकेट लिइन् । त्यस्तै, थाइल्यान्डका लागि फनिता मायाले दुई विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेकको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।

थाइल्यान्डका लागि चन्निदा सुथेराले सर्वाधिक २७ रन बनाइन् । २८ बलको सामना गरेकी उनले एक चौकासमेत प्रहार गरिन् । थाइल्यान्डकी ओपनर नथाय बुचाथामले १० तथा अर्की ओपनर अफिसरा १७ रन बनाउँदै पभेलियन फर्किएकी थिइन् । थाइल्यान्डकी कप्तान नारुमोल चाइबाइ शून्य रनमा आउट भएकी थिइन् ।

नेपालका लागि मनीषा उपाध्ययाले सर्वाधिक तीन विकेट लिइन् भने पूजा महतो र रचना चौधरीले समान एक-एक विकेट लिएकी थिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार