.jpg)
काठमाडौं, माघ २३ :






ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले काठमाडौंमा लालटिन जुलुस प्रदर्शन गरेको छ ।
बिगेसोको आह्वानमा पूर्वगोर्खाहरूले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
सर्वोच्चले २०७४ जेठ २६ गते सरकारका नाममा परमादेश जारी गर्दै त्रिपक्षीय सन्धि पुनरवलोकन गर्न आदेश दिएको थियो ।
सन् १९४७ मा भारत ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएपछि गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धि भएको थियो ।
सन् १९४७ को त्रिपक्षीय सम्झौताले नेपालीलाई अन्यायमा पारेको उनीहरुको ठहर छ । लामो समयदेखि उनीहरु आन्दोलनमा छन् ।
हेरौं थप तस्बिर :