काठमाडौं, माघ २४ :

देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणत: बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यत: सफा छ । देशको तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

कोसी प्रदेश- दिउँसो  आंशिकदेखि साधरणतया बदली रहने सम्भावना छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ ।

बागमती प्रदेश- दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधरणत: बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यत: सफा रहने सम्भावना छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मुख्यत: सफा रहने सम्भावना छ ।

गण्डकी प्रदेश- दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणत: बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यत: सफा रहने सम्भावना छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यत: सफा रहने सम्भावना छ ।

लुम्बिनी प्रदेश- दिउँसो आंशिक बदलीदेखि मुख्यत: सफा रहने सम्भावना छ ।  राति पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यत: सफा रहने सम्भावना छ ।

कर्णाली प्रदेश- दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधरणत:  बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणत: बदली रहने सम्भावना छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा मुख्यत: सफा रहने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश- दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधरणत: बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणत: बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यत: सफा रहने सम्भावना छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना  छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यत: सफा रहने सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोसी, बागमती  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।