बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

बेलायती राजकुमारले गरे भक्तपुर दरबार क्षेत्रको अवलोकन

· बुधबार, २४ माघ, २०८१ मा प्रकाशित
बेलायती राजकुमारले गरे भक्तपुर दरबार क्षेत्रको अवलोकन
भक्तपुर, माघ २४ :

नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्डले बुधबार भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।

 त्यहाँ उनले भक्तपुरको धार्मिक, ऐतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका हुन् । पत्नी सोफीसहित भक्तपुर दरबार क्षेत्र अवलोकनमा गएका उनले त्यहाँका परम्परागत कला र सँस्कृतिको चाखपूर्वक अवलोकन गरेका थिए । 

राजकुमार एडवर्डले पनि आफैंले छिनो र हथौडा चलाएर केहीबेर बुट्टा कुँदेका थिए । त्यहाँ केही युवाहरुले काष्ठकलाका काम गरिरहेका थिए ।  

त्यसअघि उनी बिहान ठिमीस्थित एसओएसको कार्यक्रममा सहभागी भएका थिए । राजकुमार दम्पती नेपालको एक साताको निजी भ्रमणका लागि हिजो(मंगलबार)काठमाडौं आएका हुन् ।

 यस अवधिमा उनी हिमालय क्षेत्रको भ्रमणमा पनि जाने भएका छन् । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभावप्रति चिन्तित देखिएका राजकुमार एडवार्ड नजिकैबाट त्यसको असर अनुभूत गर्न चाहन्छन् ।उनी यही माघ २७ गते स्वदेश फर्किने छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार