चितवन, माघ २४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानलाई संगठित अपराधमा मुद्दा नचलाएकामा चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन अघि बढाइएको छ ।

साहारा चितवन सहकारी ठगीको कसुरमा मात्रै रविलाई मुद्दा चलाएको भन्दै जिल्ला न्यायाधिवक्ता चितवनका प्रमुख तथा न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि महान्यायाधिवक्ता कार्यालयले छानबिन अघि बढाएको हो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले अभियोगपत्रको विषयलाई लिएर लुँइटेलमाथि छानबिन सुरु भएको पुष्टि गर्दै नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको बताए ।

रविलाई सहकारी ठगीमा मात्रै मुद्दा चलाएको भन्दै लुईटेललाई महान्यायाधिवक्ताको कार्यालयमा सुरु गरेको छ । चितवनमा रवि आफैंले ऋण लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको लुँइटेलले बताएका छन् ।