चितवन, माघ २४ :

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । करिब ४ घण्टासम्म उनीसँग बयान लिइएको थियो । लामिछाने कार्यालय समयमै अदालत उपस्थित भएका थिए ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान भएको हो । आजै थुनछेक बहस सुरु गर्ने तयारी भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।  

रविको तर्फबाट  वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ता सुवर्ण सापकोटा,नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सञ्जय गोलेले बहस गर्ने भएका छन् ।

यस्तै सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गर्नेछन् । सहकारी पीडितको तर्फबाट अधिवक्ताहरू राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन् ।