शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
खेलकुद फुटबल

आहा ! रारा पोखरा गोल्ड कप : एपिएफलाई पराजित गर्दै मच्छिन्द्र क्वाटरफाइनलमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ माघ, २०८१ मा प्रकाशित
आहा ! रारा पोखरा गोल्ड कप : एपिएफलाई पराजित गर्दै मच्छिन्द्र क्वाटरफाइनलमा
कास्की, माघ २४ :

मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा १ रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न खेलमा विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २- ० गोलले मच्छिन्द्रलाई निराश बनाएको हो । 

पहिलो हाफको खेल गोलरहित टुङ्गिएकामा खेलको ७४औँ मिनेटमा आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्नुभएका शाक्यले फरवार्ड आयुष घलानको पास सदुपयोग गर्दै गोल गरे । 

मच्छिन्द्रले खेलको ८१औँ मिनेटमा अग्रता दोब्बर बनायो । विदेशी खेलाडी स्टेफन कामाहाले रक्षक देवेन्द्र तामाङले प्रहार गरेको फ्रिकिक बललाई हेड गर्दै गोल गरेका हुन् । 

चौबीसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार