
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
हाल कोशी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका भू- भागहरुमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राती कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा बिहानीपख तराईका भू- भागहरूमा हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।