
काठमाडौँ, माघ २५ :
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका सबैजना रिहा भएका छन् ।
माघ १२ मा पाथीभरा क्षेत्रको बलुडाँडा, झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रिहा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
ताप्लेजुङबाट ३, झापाको दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन् ।