मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
राजनीति

पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : प्रकाशशरण महत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ माघ, २०८१ मा प्रकाशित
पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : प्रकाशशरण महत
काठमाडौं, माघ २६ :

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले ताप्लेजुङको पाथिभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा भएको विवाद शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शुक्रबार उनले ताप्लेजुङका बासिन्दाको परम्परा र संस्कृतिको संरक्षण हुनेगरी केबलकार बनाउनुपर्ने धारणा राखे । उनले पाथीभरामा केबलकार निर्माण गर्न सके त्यहाँको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे ।

उनले केबलकार बनाउन सके पर्यटकको संख्यामा वृद्धि हुने भएको कारण त्यहाँको स्थानीय उत्पादनले स्थान पाउने र रोजगारीको अवसरसमेत सिर्जना हुने बताए । उनले केबलकार निर्माणको विषयमा भइरहेको विवाद मिलाउन सरकार लागिपरेको समेत बताए ।

‘केबलकारले ५०औं गुणा पर्यटकको संख्या बढाउँछ । संख्या बढ्नेबित्तिकै त्यहाँको आर्थिक गतिविधि चलायमान हुन्छ । हजारौं लज खुल्छन् । त्यहाँको उत्पादनले ठाउँ पाउँछ । रोजगारी र व्यापक रुपमा प्रदान गर्न सकिन्छ । त्यहाँको सबै परम्परा र संस्कृतिको सम्मान र संरक्षण गरेर केबलकार बन्यो भने राम्रो हुन्छ,’ उनले भने, ‘त्यसका लागि सरकार लागिरहेको छ । सबै कुरा शान्तिपूर्ण संवादका माध्यमबाट टुंग्याउनुपर्छ । उहाँहरुका जायज गुनासा सरकारले पनि सम्बोधन गर्नुपर्छ ।’

ताप्लेजुङको पाथिभरा मन्दिर जाने केबलकार बनाउने विषयमा पक्ष र विपक्षबीच विवाद हुँदै आइरहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार