माघ २७ :

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका भू- भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै, आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश  र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई  स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भू- भागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसको असरबाट समेत बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।