
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु. प्र ०३- ००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान नारायणगढ-मुग्लिन खण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख (प्रहरी निरीक्षक) निरला भण्डारीले बस दुर्घटनामा २८ यात्रुमध्ये २३ जना घाइते भएको जानकारी दिइन् । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् ।
बसको चालकतर्फको अगाडिको ‘टायर पन्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने भण्डारीको भनाइ छ । सबै घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
घाइते हुनेमा दैलखकी ३० वर्षीया निशा शाही (अनुहारमा चोट, अवस्था मध्यम), बर्दिया मधुवनका ४१ वर्षीय सेतुबहादुर घर्तीमगर (अनुहारमा चोट, अवस्था मध्यम), बर्दिया बाँसगढीकी ३० वर्षीया गीता राउत ओली (बायाँ खुट्टामा भित्री चोट, अवस्था मध्यम), बाँकेको राप्ती सोनारीकी ३८ वर्षीया पार्वती राजकोटी (अनुहारमा चोट, अवस्था मध्यम) र बर्दिया बाँसगढीका ३९ वर्षीय दिनेशबहादुर रिजाल (अनुहारमा चोट, अवस्था मध्यम) रहेको छ ।
यस्तै नुवाकोटकी २३ वर्षीया रञ्जना महतो (सामान्य अवस्था),बाँकेका ३१ वर्षीय रामलखन चौधरी (टाउकोमा बाहिरी चोट, अवस्था मध्यम), नुवाकोट विदुरकी २८ वर्षीया प्रियना तामाङ (टाउकोमा बाहिरी चोट, अवस्था मध्यम), बाँके कोहलपुरका ३८ वर्षीय पूर्णबहादुर मल्ल (अनुहारमा चोट, अवस्था मध्यम, बोल्न सक्ने), बाँकेकी २५ वर्षीया पूजा कठायत (अनुहार र टाउकोमा चोट, बोल्न सक्ने) र सोही स्थानकी ३४ वर्षीया राधा शाही (बाहिरी चोट देखिएको छैन, अवस्था मध्यम) रहेको प्रहरीले जनाएको छ ।
यसैगरी बर्दियाका ३१ वर्षीय यमन राना (घुँडामा चोट, अवस्था सामान्य), बाँकेका ३५ वर्षीया दिलकुमारी मगर (निधारमा चोट, बोल्न सक्ने, अवस्था सामान्य), सोही स्थानका १४ वर्षीय अभिषेक मगर (अनुहारमा चोट, अवस्था सामान्य, बोल्न सक्ने), १२ वर्षीया अस्मी मगर (बायाँ हातमा चोट, अवस्था सामान्य), बाँके कोहलपुरका १७ वर्षीय मनन बुढा क्षेत्री (अनुहारमा चोट, अवस्था मध्यम), कैलाली लम्कीचुहाका १८ वर्षीय महेश कठायत (अनुहारमा चोट, अवस्था मध्यम), सोही स्थानका ६९ वर्षका नक्खी बुढा मगर (गालामा चोट, अवस्था सामान्य) र सुर्खेत वीरेन्द्रनगरका ३७ वर्षीय रमेश चौधरी (अवस्था सामान्य) रहेको प्रहरीले जनाएको छ।
यस्तै, नेपालगन्जकी ३९ वर्षीया रीता घर्ती, काठमाडौं चन्द्रागिरिका ५० वर्षीय पारस पाण्डे, सुर्खेत चिङ्गाडका २४ वर्षीय दुर्गाबहादुर साउद छन् । यसैगरी बस चालक बाँके कोहलपुरका २७ वर्षीय राजन गिरी, बसका कर्मचारी ५१ वर्षीय इन्द्रबहादुर थापा मगर, अर्का कर्मचारी सल्यानका २५ वर्षीय सुजन खत्री रहेको चितवन प्रहरीले जनाएको छ। अधिकांश घाइतेको अवस्था मध्यम छ भने केहीको अवस्था सामान्य छ ।
