
आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा इमर्जिङ एसिया अवार्ड जितेको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्डमा’ तीन विधामा अवार्ड जित्न सफल भएको छ ।
कम्पनीले सर्वश्रेष्ठ जीवन बिमा अवार्ड, बिमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बिमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्ड जित्न सफल भएको छ ।
यो प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको थियो । यस कार्यक्रमले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक-केन्द्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामूलक नेतृत्वको कदर गरेको छ ।
नेपालभित्र बिमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बिमा नेतृत्वमा सशक्त बनाउने उद्देश्यलाई अवार्डले थप प्रोत्साहन गरेको आईएमई लाइफ इन्स्योरेन्सले जनाएको छ ।
कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएका थिए । उनीसँगै जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बिमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारे ।
कार्यक्रममा राजीव सिंह, डाइरेक्टर जनरल (डीजी) आईसीसी, अतनुसेन, जिम बिचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पी डब्ल्यू सीले विशेष सम्बोधन गरेका थिए ।