बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

राजनीतिक दलहरु गम्भीर नहुँदा कानुन निर्माण हुन सकेनन् : सन्तोष परियार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ माघ, २०८१ मा प्रकाशित
राजनीतिक दलहरु गम्भीर नहुँदा कानुन निर्माण हुन सकेनन् : सन्तोष परियार
काठमाडौं, माघ २८ :

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरु गम्भीर नहुँदा कानुन निर्माण हुन नसकेको बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले राजनीतिक पार्टीका कारणले कानुन निर्माण नभएको दाबी गरे । उनले संसद्‌ले कानुन निर्माण गर्न नसकेको भन्ने कुरा सत्य नरहेको बताए । अहिलेसम्म पनि आधारभूत संविधान कार्यान्वयन गर्ने कानुन बनाउन नसक्नु दुःखको विषय भएको पनि उनको भनाइ छ । उनले संविधान कार्यान्वयन नगर्ने अनि प्रणालीलाई दोष दिएर उम्किने काम गर्न नहुने बताए ।

‘संसद्‌ले कानुन निर्माण गर्न नसकेको होइन । गम्भीर भएर राजनीतिक पार्टीहरुले सोच्नुपर्छ । राजनीतिक पार्टीका कारणले कानुन निर्माण नभएको हो । संसद भनेको कुर्सी र टेबल होइन,’ उनले भने ‘त्यहाँ राजनीतिक पार्टीहरु छन् । ती पार्टीहरुका कारणले कानुन निर्माणमा गम्भीरताका साथ काम नगरिदिएका कारणले संसद्‌ले कानुन निर्माण गर्न सकेन । यत्तिका समयसम्म पनि आधारभूत संविधान कार्यान्वयन गर्ने कानुन बनाउन सकेका छैनौँ । आज आएर प्रणालीलाई दोष दिने ।’

उनले संविधानको कार्यान्वयन नै नगरी पुनरावलोकनको कुरा नआउने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार