बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना, अन्य ठाउँको मौसम सफा रहने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० माघ, २०८१ मा प्रकाशित
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना, अन्य ठाउँको मौसम सफा रहने
काठमाडौँ, माघ ३० :

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ। 

तराईका केही भू- भागमा हुस्सु कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको पनि मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

त्यस्तै, आज राती हिमाली क्षेत्रमा आंशिक बदली रही एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाड र तराई क्षेत्रको मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा  हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भू- भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार