काठमाडौँ, माघ ३० :

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, प्रधानमन्त्रीले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मन्त्री भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ पनि प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।