
संसार द्रुत गतिमा डिजिटली रुपान्तरण भइरहेको छ । विज्ञान र प्रविधिको देनले गर्दा पहिला घण्टौं लाग्ने कार्यहरु अहिले क्षणभरमै गर्न सम्भव भएको छ ।
उदाहरणका लागि भुक्तानी सेवाहरु नै हेरौं । पहिलो घण्टौं लगाएर कार्यलय धाउन पर्ने बाध्यता हटेर अहिले घरको सोफामा बसेर आरामले इसेवाबाट मिनेटमै गर्न सकिन्छ । इसेवाले देशको अर्थतन्त्रलाई नै रुपान्तरण गरेर डिजिटल बनाइ दिए सँगै नगद बोकेर हिड्ने झन्झटबाट मुक्त भएका छौँ ।
अहिलेको डिजिटल युगमा नेपालमा पनि धेरैजसो आर्थिक कारोबारहरू डिजिटल माध्यमबाटै गर्न सक्छौं तर अझै पनि केही स्थान र मानिस यस सेवाबाट अनविज्ञ छन् जसका कारण डिजिटल भुक्तानीको सुविधा नभएका पसलहरुमा भुक्तानी गर्नहोस् वा उपहार, पूजा पाठ, दानदक्षिणा गर्न हाम्रो नेपाली समाजमा नगदको आवस्यकता कतै न कतै परिरहन्छ । यस्तै अवस्थामा नगद चाहिएको खण्डमा पनि प्रयोगकर्ताहरुलाई सहजता प्रदान गर्न इसेवाले आफ्नो एटीएम विथ ड्र सेवा विस्तार गरेको छ ।
अब इसेवा प्रयोगकर्ताहरुले आवश्यक परेको खण्डमा एनआईसी एसिया बैंकको एटीएमबाट सजिलै पैसा निकाल्न सक्नेछन् । यसअघि एभरेस्ट बैंकमार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआईसी एसियामा पनि विस्तार गरेको छ ।
एटीएम विथ ड्र गर्ने प्रक्रिया दुई चरणको छ । पहिलो चरणमा इसेवा प्रयोगकर्ताहरुले आफ्नो इसेवा एपमा गई ओटीपी प्रक्रिया पूरा गर्नुपर्नेछ भने दोस्रो चरणमा नजिकैको एनआईसी एसिया बैंकको एटीएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ ।
पहिलो चरणमा प्रयोगकर्ताले इसेवाको फाइनान्सियल सर्भिसभित्र रहेको एटीएम विथ ड्र मा गई एनआईसी एसिया बैंक छनोट गरेर आवश्यक विवरण राखेर प्रक्रिया पूरा गर्नुपर्नेछ । प्रक्रिया पूरा भएपछि इसेवामा दर्ता गरिएको मोबाइल नम्बरमा ओटीपी आउनेछ, जुन प्रयोगकर्ताहरूले एटीएम : टर्मिनलमा पुष्टि गर्नुपर्छ ।
यसरी मोबाइल नम्बर र ओटीपीसहितका विवरणहरू एटीएम मेसिनमा प्रमाणीकरण भएपछि मात्र प्रयोगकर्ताहरूले नगद निकाल्न सक्नेछन् । यसरी रकम निकाल्न दुई सजिला चरणहरु पार गरेर ओटीपीजस्ता विवरणहरु पनि पुष्टि गनुपर्ने भएकाले यो प्रक्रिया सहजसँगै सुरक्षित पनि रहेको इसेवाका रणनीतिक बैंकिङ तथा वित्तीय समाधान प्रमुख हेम घिमिरेले बताएका छन् ।
इसेवा बारे :
इसेवा लिमिटेड सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । मोबाइल तथा इन्टरनेट बैंकिङको सफ्टवेयर प्रदायक कम्पनीमा नेपालकै अग्रणी स्थानमा रहेको एफ वान सफ्ट इन्टरनेशनलको एक सहायक कम्पनीको रुपमा सुरु भएको इसेवाले सन् २०१२ मा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ ।
हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको इसेवा, सहरी केन्द्रमा मात्र सीमित नभएर हाल यस कम्पनीको उपत्यकाबाहिर पनि आठवटा शाखा कार्यालय र ३ वटा सम्पर्क कार्यालय छन् ।
मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल/कलेजको शुल्क, होटेल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, इन्स्योरेन्सलगायत दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर , मर्चेन्ट लिङक सुविधा दिँदै आएको छ ।