
काठमाडौँ, फागुन १ :
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएकाे मतदान सकिएको छ ।
मङ्गलबार अबेर राति मतदान सकिएको र अहिले बिहानबाट मत गणना सुरु गर्ने तयारी भइरहेको नेसपा (नयाँ शक्ति)ले जनाएको छ ।
बिहान १० बजे निर्वाचन कार्यालयबाट प्रतिनिधि बोलाएर मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
महाधिवेशनले प्रत्यक्ष निर्वाचित ९० र मनोनीत ९ गरि ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ ।
यस अघि दुई पदाधिकारीसहित २० जना प्रदेश र केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भइसकेका छन् ।