
अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) पनि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको छ ।
कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तान्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा रकम तानिनेछ । परिपक्व हुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ-ब्याज भुक्तानी मिति फागुन २१ गते तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीमा धितोका रुपमा समेत राख्ने सकिनेछ ।