
सरकारले मन्त्रिपरिषद् बैठकले गरेका पछिल्ला निर्णयहरु सार्वजनिक गरेको छ। गत माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु बुधबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् । बैठकले सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको छ ।
बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राज पत्राङ्कित प्रथम श्रेणीका १७ जना सहसचिवको सरुवा गर्ने , एसियाली विकास बैंकको एशिया प्रशान्त विपद् कोषबाट बाढी तथा पहिरो सम्बन्धि आपतकालीन परियोजनाका लागि प्राप्त हुने बीस लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ । साथै ६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने लगायतका १३ वटा निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु: