काठमाडौँ, फागुन २ :

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ। 

तराईका केही भू- भागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रही एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तै, आज राती हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने छ भने तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।