
काठमाडौँ, फागुन २ :
सङ्घीय संसद्को प्रतिनिधिसभा अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ ।
आज महिला तथा सामाजिक मामिला समित र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
महिला तथा सामाजिक मामिला समितिको बैठक माध्याह्न १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा ‘सिड’ को आधारभूत सिफारिस नम्बर ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, दिउँसो १२ : ३० बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।