बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार बागमती प्रदेश भिडियो

ग्रेनाइट बिछ्याएर चिटिक्क पारिँदै दरबारमार्गको पैदल मार्ग [भिडियो/तस्बिर]

दिलमन्यु सिल्वाल · शुक्रबार, ३ फागुन, २०८१ मा प्रकाशित
ग्रेनाइट बिछ्याएर चिटिक्क पारिँदै दरबारमार्गको पैदल मार्ग [भिडियो/तस्बिर]
काठमाडौं, फागुन ३ :

काठमाडौं महानगरपालिका पछिल्लो समय सहरी सौन्दर्यलाई बढाउन र व्यवस्थित बनाउने कार्यमा तल्लीन छ ।

काठमाडौंको न्युरोड क्षेत्रबाट मोटरसाइल पार्किङ हटाएर सहरलाई व्यवस्थित र सुन्दर बनाउन सुरु गरेको महानगरले अहिले  दरबारमार्ग क्षेत्रको सडकपेटीमा ग्रेनाइट बिछ्याउन थालेको छ ।

महेन्द्र सालिक चोकदेखि नारायणहिटी दरबारनजिकको महानगर प्रहरी वृत्त क्षेत्रसम्म ग्रेनाइट बिछ्याइँदै छ । कालो रङको ग्रेनाइटले सडकपेटीलाई सुन्दर र चम्किलो देखाएको छ ।

काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह निर्वाचित भएदेखि नै काठमाडौंको मुहार फेर्ने काम भइरहेको छ । बानेश्वर-माइतीघर सडकमा फूलसहितको गमला राखेर सहर सौन्दर्यीकरणमा जुटेको महानगरले सडकका पोलमा बत्ती बेरेर रातमा दुलही झैं देखिने बनाएको छ ।

यस्तैगरी सधैंजसो भिड हुने न्युरोड क्षेत्रबाट तारहरुलाई भूमिगत गरेर पैदलयात्रु हिँड्ने ठाउँ फराकिलो पारिएको छ । यसबाट न्युरोड क्षेत्रमा सुन्दर त देखिएको छ नै हिँडने पैदलयात्रुलाई पनि सहज भएको छ ।

जुद्ध शालिकदेखि इन्द्रचोकसम्म दायाँबायाँका घरहरुमा सेतो रङ लगाएर सहरलाई उज्यालो बनाइएको छ ।

हेरौं कालो ग्रेनाइट बिछ्याएर चिटिक्क पारिँदै गरेको दरबारमार्ग क्षेत्रको पैदल मार्गका थप तस्बिर :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार