
काठमाडौं, फागुन २ :
नेपाली कांग्रेसले आफ्ना भ्रातृ संगठनहरुको अधिवेशन चैतमा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार पदाधिकारी र विभिन्न भातृ संगठनहरुबीचको छलफलपछि यस्तो निर्णय भएको हो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केही तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने बताए । उनले केही चुनौती भएपनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव लिएको पनि बताए ।
छलफलमा सहभागी केहीले अधिवेशन चैतमा गर्दा अप्ठयारो हुने बताए पनि धेरैले तोकिएकै समयमा अधिवेशन गर्ने प्रतिबद्धता जनाएको प्रवक्ता महतले बताए । अहिलेसम्म कुनै पनि भ्रातृ संगठनको अधिवेशन समयमै हुन सकेको छैन । जस्तोसुकै भए पनि नेतृत्व तहबाट अधिवेशनको म्याद नथपिने उनको भनाइ थियो ।