
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
अहिले बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रही एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
त्यस्तै, राती हिमाली, पहाडी र तराई क्षेत्रमा पनि आज मोसम सफा रहने सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
आगामी २४ घण्टा कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका केही भू- भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेकाे छ।