बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार मनाेरञ्जन भिडियो

हाँडीगाउँका भित्तामा लोभ्याउने चित्रकला [भिडियो/फोटो फिचर]

दिलमन्यु सिल्वाल · आइतबार, ५ फागुन, २०८१ मा प्रकाशित
हाँडीगाउँका भित्तामा लोभ्याउने चित्रकला [भिडियो/फोटो फिचर]
काठमाडौं, फागुन ५ :

विभिन्न कला र संस्कृतिमा धनी मानिएको हाँडीगाउँको आफ्नो छुट्टै विशेषता छ । यहाँको जात्रा प्रख्यात मानिन्छ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस क्षेत्रको प्राचीन जात्रा मानिन्छ ।

देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने हाँडीगाउँको सांस्कृतिक जीवन्तता बचाउन लागिपरेको छ । स्थानीय कला-संस्कृति जोगाउन भित्तामा कलात्मक चित्रहरु कोरिएका छन् । पूर्वलिच्छविकालीन सहर हाँडीगाउँ-मालीगाउँमा काठमाडौं महानगरपालिकाले ललितकलासँगको सहकार्यमा स्थानीय रीतिरिवाज, परम्परा, धार्मिकस्थल आदिमा भित्तेचित्र कोरिएको छ । भित्तामा कोरिएको चित्रकला अति नै सुन्दर र मनै लोभ्याउने खालका छन् ।

त्यसो त हाँडीगाउँमा हरेक शनिबार गाडीरहित दिन कार फ्री-डे मनाउने गरिन्छ । काठमाडौं महानगरपालिका र स्थानीय नर दे जीवन्त हाँडीगाउँ समितिले १० महिनादेखि शनिबार कार फ्रि डे मनाउने मनाउँदै आएका छन् । स्थानीय कला, संस्कृति र सम्पदा प्रचार तथा बालबालिकालाई सातामा एकदिन भए पनि सडकमा रमाइ खेल्न दिने उद्देश्यले हरेक शनिबार कार फ्री डे मनाउने गरिएको हो ।

सडक महोत्सवजस्तै देखिन कार फ्री-डेमा बाटोभरि नेवारी हाकुपटासी लगाएर समूह समूहमा नेवारी खाजाका परिकारका स्टलहरु रहन्छन् । सडकमै राखिएका विभिन्न स्टलबाट राम्रै व्यापार हुने गरेको छ ।
प्रस्तुत हाँडीगाउँका भित्तामा कोरिएका मनै लोभ्याउने चित्रकलाका थप तस्बिर :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार