काठमाडौं, फागुन ५ :

नेपाली अडियो ब्रान्ड म्याक्स बासले आफ्नो पहिलो उत्पादन म्याक्स बास अन वायरलेस एयर बड्स बजारमा ल्याएको छ ।

लिसन लाइक नेभर बिफोर भन्ने नाराका साथ सुरुभएको उक्त ब्राण्डद्वारा उत्पादित म्याक्स बास अन वायरलेस एयर बड्समा एकदमै राम्रो आवाज सुनिन्छ साथै किफायती पनि छ । अझ यसको नयाँ फिचरहरूले सर्वसाधारणको ध्यान आकर्षण गरेको छ ।

म्याक्स बास अन वायरलेस एयर बड्समा बाहिरको आवाजलाई कम गर्न ४० डीबीसम्मको एक्टिभ न्वाइज क्यान्सिलिङ, त्यसैगरी चारवटा माइक्रोफोनका साथ अल कल न्वाइज क्यान्सिलिङ एकदमै स्पष्ट आवाजका लागि १३ एमएम डायनामिक ड्राइभरजस्ता अद्‌भूत फिचर रहेको छ ।

यो इयरबड्स एकपल्ट चार्ज गरेपछि ६-८ घण्टासम्म मज्जाले चलाउन सकिन्छ र पावर डिस्प्लेसमेत भएको चार्जिङ केसले ४८ घण्टासम्म ब्याट्री ब्याकअप दिन्छ । यति मात्र नभई यस इयरबड्लाई पानीले पनि नबिग्रिने गरी डिजाइन गरिएको छ । यसमा भएको ट्रान्सपरेन्सी मोड फिचरले बाहिरको आवाज पनि सुनिन्छ ।

यो म्याक्स बास अन वायरलेस एयर बड्स गेम खेल्ने र संगीतप्रेमीलाई अत्यन्त राम्रो प्रोडक्ट साबित भएकोछ । साथै यसमा भएको टच कन्ट्रोलको सहायताले भोल्युम बढाउने तथा फोन उठाउन जस्ता कार्यलाई सजिलो बनाएको छ । यसको बजारको  मूल्य ३५ सय रुपैयाँ हो । तर अहिले विशेष अफरमा ग्राहकले १,९९९ रुपैयाँमै खरिद गर्न सक्नेछन् । उक्त प्रोडक्टमा ६ महिनाको वारेन्टी, चार्जिङ केबल, इयर टिप्स र म्यानुअल पनि उपलब्ध छ ।

संगीत होस् वा गेम, मिटिङ होस् वा आफ्नो प्रिय मान्छेसँगको कुराकानी म्याक्स बास अन वायरलेस एयर बड्सको साथ अब हरेक कुराकानी हुन्छ अझ स्पष्ट र सुमधुर । अब यो सुमधुरताको अनुभव लिन नेपालमा डिजिटल भुक्तानीको सुरुवात गरेको इसेवाबाट सुपथ मूल्यमा म्याक्स बास अन वायरलेस एयर बड्स खरिद गर्न सकिन्छ भने दराजमा समेत विशेष अफरको साथ उपलब्ध छन् । साथै वेबसाइटबाट पनि खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।