काठमाडौं, फागुन ५ :

काठमाडौंको अनामनगरमा आइतबार साँझ बा.२१च ६६१४ नम्बरको कार धोबीखोलामा खसेको छ । मदन भण्डारी कलेजको पारिपट्टि दुर्घटना भएको प्रहरीले जनाएको छ । 

कार चालक भक्तपुर  लोकन्थलीका ४५ वर्षीय पदम कार्कीलाई प्रहरीले सकुशल उद्धार गरेको सिंहदरबार प्रहरी वृत्तले जनाएको छ । कार अहिले घटनास्थलमै छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।