मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
समाचार प्रदेश कोसी प्रदेश भिडियो

बाक्लो हुस्सुसँगै चिसो बढ्दा ताप्लेजुङको जनजीवन प्रभावित [भिडियो]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ६ फागुन, २०८१ मा प्रकाशित
बाक्लो हुस्सुसँगै चिसो बढ्दा ताप्लेजुङको जनजीवन प्रभावित [भिडियो]
ताप्लेजुङ, फागुन ६ :

ताप्लेजुङमा बाक्लो हुस्सुसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । सदरमुकाम फुङ्लिङसहित विभिन्न स्थानमा चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

बिहानदेखि बेलुकासम्म बाक्लो हुस्सु लागिरहेकाले स्थानीय बासिन्दालाई दैनिकी सञ्चालन गर्न कठिनाइ भएको छ । विशेषगरी वृद्धवृद्धा र बालबालिका चिसोबाट बढी प्रभावित भएका छन् । बाक्लो हुस्सुका कारण घाम नलाग्दा चिसो झन् बढेको छ ।

चिसो बढेसँगै फुङ्लिङ बजारमा चहलपहल पातलिएको छ । व्यापारीहरूका अनुसार पछिल्लो केही दिनयता ग्राहकको संख्या घटेको छ ।

हुस्सुका कारण हिउँदे बाली प्रभावित हुने चिन्ता किसानलाई थपिएको छ । पानी नपरेकाले खेतीमा समस्या भइरहेका बेला बाक्लो हुस्सुले थप असर गर्ने देखिएको छ । 
यदि यही अवस्था रहिरहेमा स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत ठूलो असर पर्ने देखिन्छ ।
विस्तृत भिडियोमा :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार