काठमाडौं, फागुन ६ :

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो ।

अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने घिमिरेले बताए ।  हिजै (आइतबार) नै यो  विधेयक स्वीकृत गर्न खोजिए पनि गणपूरक सङ्ख्या नपुग्दा रोकिएको थियो ।