काठमाडौँ, फागुन ७ :

 

मेष : सङ्घर्षले गर्दा अधिकार प्राप्ति हुनेछ । नयाँ काम सुरु गर्ने समय पनि छ ।

वृष : लामो समयदेखि रोकिएका काम पुनः सुरु हुनेछन् । राज्यबाट मान सम्मान पाइनेछ।

मिथुन : आँटेका काम पूरा हुनेछन् । खानपिनका लागि आफन्तबाट बोलावट हुनेछ । आफन्तले काममा साथ दिनेछन्।

कर्कट : अनुभवी व्यक्‍तिसँगको सहकार्यले योजना बनाउँन सहयोग मिल्नेछ। पुँजी बजारमा गरेको लगानीमा फाइदा हुनेछ ।

सिंह : आफन्तसँग लेनदेन गर्दा सचेत हुनुपर्ने छ । वैदेशिक यात्रा सफल रहनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

कन्या : परोपकार र समाजसेवामा मन लाग्नेछ । नजिकै रमाइलो घुमघामको यात्रा हुनेछ ।

तुला : घरपरिवारसँग समय बित्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । 

वृश्चिक : नयाँ कामका लागि आफन्त र साथीभाइबाट हौसला प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु : अभिभावकको स्वास्थ्यमा ख्याल गर्नुहोला । रातो पहिरन आजका लागि शुभ रहेको छ । शिक्षामा सफलता मिल्नेछ ।

मकर : दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन् । व्यापारमा फाइदा हुने छ ।

कुम्भ : साथीभाइको सहयोगमा गरिएको कामबाट फाइदा हुनेछ । आम्दानीबाट दुखी गरिबलाई थोरै दान गरे पुण्य प्राप्त हुने छ ।

मीन : शुभ समाचार सुन्न पाइने छ । घरमा नयाँ सामान जोड्ने दिन रहेको छ । पुँजी बजारले साथ दिनेछ।