काठमाडौं, फागुन ७ :

संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभा बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९-०८०)’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, मन्त्री भण्डारीले ‘विद्युतीय व्यापार (ई-कमर्स) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

विस्तृत भिडियोमा :