बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

माओवादी नयाँ सरकार बनाउने र गिराउने दाउमा छैन : उपाध्यक्ष श्रेष्ठ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ फागुन, २०८१ मा प्रकाशित
माओवादी नयाँ सरकार बनाउने र गिराउने दाउमा छैन : उपाध्यक्ष श्रेष्ठ
ताप्लेजुङ, फागुन ८ :

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष  तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन् ।

प्रेस सेन्टर ताप्लेजुङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउने भन्दा पनि सङ्गठन बलियो बनाउन लागेको बताए ।

उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग वार्ता भइरहेको पनि जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार